गजल

होइन महोदय हजुरको पारा के हो?
मै मात्र रहेछु क्यारे सर्वहारा के हो।

पर्खालहरू त उस्तै देखिन्छन् अझै,
भन्नूस् त तपाइँले लेखेको नारा के हो?

म खस्दा पनि मान्छे बरदान माग्छन्,
समयले बताउला आखिर तारा के हो।

उसैको याद फेरि पनि त उसैको याद,
नसोध्नूस् एक प्रेमीको गुजारा के हो।

एकपल्ट हृदयबाट निस्किनेलाई सोध,
केही होइन भ्रम बाहेक सहारा के हो ?

प्रदीप रोदन
गोरखा