दाङ जेठ ११ गते, — विभिन्न संस्थाहरूको विभिन्न पदमा निर्वाचित भएको अवसरमा ओलीवंश समन्वय समिति दाङले सम्बन्धित व्यक्तित्वहरूलाई बधाई तथा सम्मान गरेको छ। उक्त कार्यक्रममा प्राध्यापक डा. बिनबहादुर सिंह ओली, कमल ओली, टिकाराम ओली तथा चुर्णबहादुर ओली लगायतलाई विशेष रूपमा सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूले उक्त सम्मानप्रति आभार व्यक्त गर्दै यस्तो कार्यक्रमले आफूहरूलाई थप उत्साहित र गौरवान्वित बनाएको बताएका छन्।

उनीहरूले समाजसेवा, नेतृत्व तथा संस्थागत विकासप्रति अझ समर्पित भई काम गर्ने प्रतिबद्धता जनाएका छन्। समितिले विभिन्न पदमा निर्वाचित व्यक्तित्वहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्नुका साथै आगामी दिनहरूमा अझ प्रभावकारी कार्यसम्पादन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रममार्फत सम्मान प्रदान गरी हौसला बढाएकोमा सम्मानित व्यक्तित्वहरूले ओलीवंश समन्वय समिति दाङ परिवारप्रति धन्यवाद ज्ञापन गरेका छन्। यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ।