दाङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी दाङको सभापतिमा किरण खनाल विजयी हुनुभएको छ । शनिबार सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा खनाल १९६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी विनय घिमिरेले १२४ र केदार रजौरेले ६ मत प्राप्त गर्नुभएको थियो ।
यसै गरी उपसभापति पदमा निराजन थापा २४१ मतसहित विजयी हुनुभएको छ । उहाँकी प्रतिद्वन्द्वी सुनिता रावतले ८९ मत प्राप्त गर्नुभयो । सचिव पदमा भने असीम भुसाल २०० मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी बलिराम खत्रीले १२३ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै सहसचिव पदमा प्रमिला रोकामगर १४८ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी दीपक गैरेले १०८ र सोमराज बस्नेतले ६३ मत प्राप्त गर्नुभयो ।

