इरानसँगको वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भेन्स इस्लामाबादबाट फिर्ता

काठमाडौं: अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामाबादबाट स्वदेश फर्किएको छ। उनी ‘एयर फोर्स टु’ विमानमार्फत अमेरिकातर्फ प्रस्थान गरेका हुन्।

बीबीसीका अनुसार पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलको प्रस्थानको पुष्टि गरेका छन्।

इस्लामाबादबाट उड्नुअघि आयोजित पत्रकार सम्मेलनमा जेडी भेन्सले करिब २१ घण्टा लामो छलफलका बाबजुद अमेरिका र इरान कुनै सम्झौतामा पुग्न नसकेको बताए। उपराष्ट्रपतिले अमेरिकाको सर्त इरानले नमानेको बताए।

May be an image of ‎text that says '‎LIMITED SEATS AVAILABLE INSPIRE U ACADEMY PROFESSIONAL ELECTRICIAN TRAINING .........-. DODDD.OO0DOO DODO めご - LIMITED SEATS AVAILABLE DR...DO... DHE TR รนน รนง C सम्बन्धन प्राप्त प्रशिक्षकबाट तालिम Skill Training Program 동대한산 Course Details: חרך महिनाको Practical Electrician Training ·Hands-on Electrical Work Practice Professional Tools Training Training Fee: ३ महिना मात्र रु 30,000 Samakhusi-26, Kathmandu (Head Office) Dang -Ghorahi Branch Why Choose Inspire U Academy? Experienced Professional Trainers Practical Based Skill Training Career Opportunity in Nepal & Abroad 勢 97003767661 I 082-591082 970037676161 | 082-591082 info@inspireuacademynpl.com www.inspireuacademypl.com‎'‎

यता, इरानले पनि इस्लामाबादमा अमेरिकासँग भएको वार्ता बिनासम्झौता समाप्त भएको बताएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकाले आफ्ना ‘अत्यधिक मागहरू’ राख्न बन्द गर्नुपर्ने बताएका छन्।